Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१९३ को परीक्षण गर्दा १७९ जनालाई कोरोना

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा मंगलबार ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्।

अस्पतालका अनुसार १९३ जनाको परीक्षण गर्दा १७९ जनालाई कोरोना पुष्टि भएको छ। जाँच गरेकोमध्ये ९२ दशमलव ७ प्रतिशतलाई कोरोना भएको अस्पतालले जनाएको छ ।

बाँकेमा तीन ठाउँबाट कोरोना परीक्षण भइरहेको छ । मेडिकल कलेज र बागेश्वरी ल्याबको रिपोर्ट प्राप्त हुन सकेको छैन ।

यसैबीच भेरी अस्पतालमा खजुरा गाउँपालिका २ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख ६ गते भेरी अस्पतालमा भर्ना भएका ति पुरुषमा ७ गते कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएको केही समयपछि उनको मृत्यु भएको हो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077