Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश हिँडेका भारतीय नागरिक विमानस्थलबाटै पक्राउ, पुन: परिक्षण गर्दा पोजेटिभ !

काठमाडौं। विमानस्थल प्रहरीले नक्कली कोरोना परीक्षण (पीसीआर)को रिपोर्ट बनाएर बिदेश जान लागेका एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक तसलिम अहमद रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ।

सोमबार साउदी अरब जान लागेका अहमदको रिपोर्ट शंकास्पद देखिएपछि पुन: परीक्षण गरिएको थियो।

प्रहरीका अनुसार पुन: परिक्षण गर्दा रिजल्ट पोजेटिभ आएपछि पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ।

सोमबार पक्राउ परेका अहमदले त्यो नक्कली रिपोर्ट कहाँ बनाए र कति रकम तिरेका थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि हिजो मात्रै महानगरीय अपराध महाशाखाले पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर कोरोनाको रिपोर्ट बनाएको आरोपमा सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंहसहित ८ जनालाई पक्राउ गरेको थियो।

महाशाखाले सुरिया हेल्थ केयरमा छापा मार्ने क्रममा ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि  बरामद गरेको जनाएको  छ भने  उनीहरुले वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077