Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

धरानको होटलबाट युवतीसहित पक्राउ परे गाउँपालिका अध्यक्ष

काठमाडौं । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट युवतीसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालिन संघिय समाजवादी नेपालबाट निर्वाचित अध्यक्ष महेन्द्रप्रसाद यादव रहेका छन्।

सुनसरी जिल्लाका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान-१३ स्थित डुकु होटलमा एक युवतीसँग निर्वस्त्र रूपमा पक्राउ परेका हुन्।

अध्यक्ष यादवले इनरुवाकै एक युवतीलाई जागिर लगाइदिने प्रलोभनमा पारी होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेको बताइएको छ ।

स्थानीयले प्रहरीलाई जानकारी दिए अनुसार अध्यक्ष यादव दिउँसो नै सरकारी गाडीमा होटल आएका थिए।

अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077