Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओली र नेपालबीच भेटवार्ता चलिरहँदा १५ सांसदले भने – पार्टी विभाजनको डिलमा पुगिसक्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले पार्टी विभाजनको डिलमा पुगेको निष्कर्ष निकालेको छ ।

आज नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा नेपालसहितका १५ नेताले संयुक्तरुपमा विज्ञप्ति जारि गर्दै एक्कासी विभाजन र विसर्जनको डिलमा पुगेको निष्कर्ष निकालेका  हुन् ।

हिजो मात्रै नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेटेर एकताका लागि पहल गर्न आग्रह गरेका थिए भने भट्टराईकै पहलमा साझ अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो।

नक्सालस्थित होटल म्यरियटमा भएको भेटवार्तालाई लिएर पार्टीका नेताहरु उत्सुक हुँदै पार्टी एकताको नजिक पुगेको बेला आज फेरि नेपालपक्षका नेताहरुले यास्तो बिज्ञप्ति निकालेका छन्।

विज्ञप्तिमा भनिएको छ, केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ ।

त्यस्तै, वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ, नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ ।

यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तरराष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ ।’

यद्यपी हिजोको भेटवार्तालाई निरन्तरता दिन अध्यक्ष ओली र नेता नेपालबीच आजपनि भेटवार्ता हुँदैछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077