Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमतीको हत्या गरेर श्रीमान फरार

वीरगञ्‍ज । बारामा एक महिलाको आफ्नै घरमाम हत्या भएको छ । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका–३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो ।

शव नजिकै इँट्टा भेटिनु तथा निधार र टाउकोमा गह्रौं वस्तुले हानेको जस्तो चोट देखिंनु, घटनापछि महिलाका श्रीमान फरार हुनु र मृतकका छोराहरुले बुबा र आमाबीच प्राय झगडा भइरहने बताउनुले महिलाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीसमक्ष मृतकका छोराहरुले बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालिसकेको छ ।

कार्कीका श्रीमान हत्या गरेर भागेको हुनसक्ने आशंकामा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077