Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेरियटमा वार्ता चल्दाँचल्दै माधव नेपाल पक्षद्वारा रिट दर्ता (पूर्णपाठसहित)

काठमाडौँ। काठमाडौँको नक्सालस्थिति मेरियटमा वार्ता चल्दाँचल्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सर्वोच्चमा रिट दर्ता गराएको छ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा हिजो पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको उल्लेख छ ।

रिटको पेसी आइतबारका तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ।

रिट निवेदन यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077