Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पत्रकारमाथि धरपकड नगर्न अदालतको आदेश, एसएसपी भन्छन्–प्रक्रिया अगाडि बढिसक्यो

    पत्रकारमाथि धरपकड नगर्न अदालतको आदेश, एसएसपी भन्छन्–प्रक्रिया अगाडि बढिसक्यो

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विंग (रअ)का प्रमुख सामान्त गोयलबीच चारबुँदे सम्झौता भएको नक्कली (फेक) पत्रसहित समाचार प्रकाशित गर्ने पत्रकारहरुलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको छ ।

    केही समय अघि केही अनलाईन मिडियाले प्रधानमन्त्री ओली र गोयलबीच सम्झौता भएको भनी नक्कली पत्रसहित समाचार प्रकाशित गरेपछि प्रहरीले अनलाईनका सम्पादक तथा पत्रकारहरुलाई खोजी गरिरहेको थियो ।



    प्रकाशित समाचारलाई लिएर सम्बन्धित संस्थाले क्षमायाचनासहित समाचार हटाइसके पनि प्रहरीले पत्रकारद्वय बुद्ध लोप्चन र अनिस तामाङलाई भने खोजी गरिरहेको छ । उनीहरुमाथि फौजदारी मुद्दामा नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ भने महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ पूर्जी नै ल्याएर खोजी गरिरहेको छ ।



    यद्यपी प्रहरीले अहिले भने समाचारको विषय भन्दा पनि प्रधानमन्त्री ओलीको मानहानी गरेको र नक्कली हस्ताक्षरको विषयमा अनुसन्धानका लागि पत्रकारलाई पक्रउ गर्न खोजेको छ । जुन कुरालाई प्रहरीले फौजदारी कसुरको रुपमा लिएको छ ।

    उच्च अदालत पाटनको आजको आदेशमा पनि ‘फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरित हुने गरी निवेदकहरुलाई धरपकड हुने कार्य नगर्नु/नगराउनु’ भन्ने उल्लेख भएको हुँदा पत्रकारहरु अनुसन्धानको घेरामा पर्ने प्रहरीको तर्क छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले मुद्दा नै दर्ता भइसकेको हुँदा प्रक्रिया अघि बढ्ने बताए । उनले अनलाईन नेपालसँग कुरा गर्दै भने–‘साइबर क्राइम र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भइसकेको छ । उहाँहरुको विषयमा अनुसन्धान हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार