Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘संसद बैठकको रिपोर्टिङमा पत्रकारलाई रोक लगाइनुले प्रेस स्वतन्त्रतामा आँच आयो’

    ‘संसद बैठकको रिपोर्टिङमा पत्रकारलाई रोक लगाइनुले प्रेस स्वतन्त्रतामा आँच आयो’

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसदीय मामिला पत्रकार समाजले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद प्रकट गरेको छ ।

    बैठकपछि समाजका सचिव जयसिंह महराले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् रहेको उल्लेख गरेका छन्।



    ‘समाचार संकलनमा सहजीकरण गर्नुको साँटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संसद् लोकतन्त्रको सर्वाेच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।’



    यस बिषयमा सचिव महराले संसद् सचिवालयका पदाधिकारीलाई ध्यानाकर्षण गराउनदै अब उपरान्त यस्ता घटना नदोहोर्याउन आग्रह समेत गरेका छन्।

    यस्तो छ संसदीय मामिला पत्रकार समाजद्वारा जारी विज्ञप्ति :

    प्रतिनिधिसभाको २०७८ पुस ६ गते मंगलबारको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारहरूलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । समाचार संकलनमा सहजीकरण गर्नुको साँटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् हो । संसद् लोकतन्त्रको सर्वाेच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।

     उपरोक्त विषयमा संसद् सचिवालयका पदाधिकारीलाई ध्यानाकर्षण गराइएको छ । अबउपरान्त यस्ता घटना नदोहोरियोस् भन्नका लागि संसदीय मामिला पत्रकार समाज सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

    सचिव
    जयसिंह महरा
    संसदीय मामिला पत्रकार समाज

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार