Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गुटरेसको सम्बोधनका दिन औपचारिक पोशाक लगाउन सांसदहरुलाई सभामुखको अनुरोध

    गुटरेसको सम्बोधनका दिन औपचारिक पोशाक लगाउन सांसदहरुलाई सभामुखको अनुरोध

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 579
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।

    सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।



    गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् । साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् ।



    संसद बैठकमा सभामुख घिमिरेले भने–‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु ।’ गुटरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार