Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गुटेरेससँगको भेटपछि सभामुख घिमिरेले भने–संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक चाँडै पारित हुन्छ

    गुटेरेससँगको भेटपछि सभामुख घिमिरेले भने–संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक चाँडै पारित हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 603
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग सम्बन्धी विधेयक संसदबाट चाँडै पारित हुने बताएका छन् ।

    नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा घिमिरेले यस्तो बताएका हुन् । दुवै विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा रहेको जानकारी उनले गराए ।



    घिमिरेले नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित हुने बताएका छन् ।



    ‘नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ’ घिमिरेले भने–‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं ।’

    नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न नेपालस्थित राष्ट्र संघीय मिसन (अनमिन)ले खेलेको मध्यस्थताको भूमिकाको पनि उनले गुटेरेससँग प्रशंसा गरेका थिए ।

    घिमिरेले भने–‘नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पुर्‍याएको स्मरण गर्दछु । नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन) को मध्यस्थताले ठूलो सहयोग गरेको थियो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार