Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल भ्रमणमा रहेका गुटेरेसले अपिल : गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भए, तत्काल युद्धविराम गर

    नेपाल भ्रमणमा रहेका गुटेरेसले अपिल : गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भए, तत्काल युद्धविराम गर

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 858
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् ।

    काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले इजरायल र हमासबीच भइरहेको युद्धको चित्र प्रस्तुत गर्दै युद्धविरामको आग्रह गरेका हुन् ।



    पत्रकार सम्मेलनमा गुटेरेसले भने–‘संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप भइरहेको देखिरहेको छ । कतै जान सुरक्षित ठाउँ नपाएका २० लाखभन्दा बढी मानिसलाई बाँच्नका लागि आवश्यक खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको छ । गाजाका मानिसहरुका लागि मानवीय सहयोगका लागि पनि युद्धविराम जरुरी छ ।’



    कतार हुँदै नेपाल आएका उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कार्यप्रति खेद प्रकट गरेका छन् । उनले भने–‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार