Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 426
    SHARES

    काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए ।



    महासचिव गुटरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।



    उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार