Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

    राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 576
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । गएराती चार दिने नेपाल भ्रमणमा आएका गटरेस परराष्ट्रमन्त्री साउद भेट्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका हुन् ।

    महासचिव गुटरेस आइतबार राति नेपाल भ्रमणमा आएका थिए । भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।



    परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।



    त्यस्तै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि महासचिव गुटरेसले भेटवार्ता गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार