Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दोस्रो पटक पोखरा पुगे महासचिव गुटेरेस, भोलि अन्नपूर्ण बेस क्याम्पमा सम्बोधन गर्ने

    दोस्रो पटक पोखरा पुगे महासचिव गुटेरेस, भोलि अन्नपूर्ण बेस क्याम्पमा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 540
    SHARES

    पोखरा । चार दिने नेपाल भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भव्य स्वागत गरिएको छ । सेनाको जहाजमार्फत पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको हो ।

    विमानस्थलमा ओर्लिएपछि उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे । मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए ।



    उनलाई स्वागत गर्न पोखराका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । पञ्चैबाजा, गुरुङ, मगर, नेवार जातिको सांस्कृतिक झाँकीले उनलाई स्वागत गरिएको थियो ।



    विमानस्थलबाट उनी सोमबार बास बस्ने स्थल लेकसाइडको फिस्टेल रिसोर्टमा पुगेका छन् । गुटेरेसलाई फिस्टेल लजमा ताल र हिमाल देखिने कोठाको व्यवस्था गरिएको छ । २०३९ सालमा पोखरा आइपुगेका बेलायती राजकुमार चार्ल्स बसेकै कोठामा गुटेरेस बसेका छन् ।

    गुटेरेस दोस्रो पटक पोखरा आइपुगेका हुन् । सन् १९७८ मा विद्यार्थी कालमा पोखरा आइपुगेको बताउँदै गुटेरेसले त्यो बेलै आफू पोखराबाट प्रभावित भएको बताएको मेयर आचार्यले जानकारी दिए ।

    ‘१९७८ मा पहिलो पटक विद्यार्थी कालमा पोखरा आएर यतैबाट दिल्ली पुगेको थिएँ । त्यो बेला नै म पोखराबाट प्रभावित थिएँ’, गुटेरेसको भनाइ उधृत गर्दै मेयर आचार्यले भने–‘दोस्रो पटक अहिले संयुक्त राष्ट्रसंघको महासचिव भएर पोखरा आउन पाउँदा खुसी लागेको छ ।’

    मंगलबार विहान ६ः३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्नेछन् । समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे बुझ्नेछन् । स्थानीयले आफ्ना समस्या सुनाउने छन् ।

    छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले महासचिव गुटेरेसलाई मायाको चिनोस्वरुप अन्नपूर्ण आधार शिविरको तस्बिर प्रदान गर्ने बताए ।

    आधार शिविरमा उनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्नेछन् । उनलाई स्वागत गर्न आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । पोखराबाट हेलिकप्टरमा कार्पेट पुर्‍याइएको छ । मंगलबार उनी आधार शिविरबाट फर्किएर पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा सरिक हुनेछन् । त्यसपछि उनी मंगलबार नै लुम्बिनी जाने छन् ।

    लुम्बिनीबाट काठमाडौं फर्किएर उनले संघीय सरकारको दुबै सदनमा सम्बोधान गर्ने कार्यसूची रहेको छ । गुटेरेस बुधबार फर्किनेछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार