Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस सांसद मुसलमानको व्यंग्य – घर जानेबेला भइसक्यो, एम अधिकारी को हुन् भन्ने थाहा भएन

    कांग्रेस सांसद मुसलमानको व्यंग्य – घर जानेबेला भइसक्यो, एम अधिकारी को हुन् भन्ने थाहा भएन

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 954
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले एम अधिकारी को हुन् भन्ने कुरा संसदले पत्ता लगाउन नसकेको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    प्रतिनिधिसभाको आजको बैठक बोल्दै उनले हामीले संसदमा पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न नसकेको बताए ।



    उनले भने, ‘के हामी घर जाँदाजाँदै एम अधिकारीको पहिचान गर्न सक्छौं ?’ हामीले जनतालाई के जवाफ दिने ? महाप्रसाद अधिकारी हुन् कि माधव अधिकारी हुन् कि ? कहाँका बासिन्दा हुन् ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै कृषक ।’

    यसको जानकारी प्राप्त भए जनताको माझमा जाँदा कम्तिमा संसदले यो कुरा पत्ता लगाएको भन्न सकिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार