Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेपछि संसद बैठक स्थगित

    रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेपछि संसद बैठक स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 624
    SHARES

    काठमाडौं । प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।

    सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।



    विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपा र राप्रपाका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना भएको थियो ।



    कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

    त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

    रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार