Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देश गम्भीर संकटमा परेको बेला पनि सरकार भने सत्ता सेटिङमा व्यस्त : ज्ञवाली

    देश गम्भीर संकटमा परेको बेला पनि सरकार भने सत्ता सेटिङमा व्यस्त : ज्ञवाली

    सम्माननीय प्रधानमन्त्रीज्यू निन्द्राबाट ब्युँझिनुहोस्, देशको स्थिति धेरै भयावह हुँदै गइरहेको छ

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । ९ महिनापछि नेकपा एमालेले संसद अबरोध हटाएको छ । आजबाट शुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

    संसद बैठकमा बोल्दै नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाएका छन् । उनले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन पनि आग्रह गरे ।



    मुलुक राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताएका उनले प्रधानमन्त्री र मन्त्रीहरू सत्ता सेटिङमा नै व्यस्त रहेको बताए ।



    उनले सरकारलाई महँगीले, हरेक नागरिक, हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताए । सांसद ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको पनि बताए ।

    उनले भने–‘मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेको छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले विरोधको स्वरूपलाई परिवर्तन गरेका हौँ । मुलुकको अर्थतन्त्र अहिले ठूलो संकटमा छ । सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु सत्ताको सेटिङमै व्यस्त हुनुहुन्छ । उहाँहरुलाई यी कुराले सायद छुँदैन पनि होला । न महँगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुराले छुन्छ, न मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेकाले छुन्छ । विदेशी सिञ्चिति इतिहासकै न्यून भएको छ, व्यापार घाटा चुलिँदै गएको छ, भुक्तानी सन्तुलनको स्थिति भयावह छ ।

    यदी सत्ताको सेटिङ पुगेको छ भने मेरो आग्रह छ सम्माननीय प्रधानमन्त्रीज्यू निन्द्राबाट ब्युँझिनुहोस् । माननीय मन्त्रीज्यू निन्द्राबाट ब्युँझिनुहोस् । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको छ । यस्तो बेलामा सरकारको ध्यान अवैध स्रोतबाट आएका धनलाई चोख्याउने त्यसमा साबुनपानी दल्नेतिर गयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार