Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत छ : प्रदिप ज्ञवाली

    सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत छ : प्रदिप ज्ञवाली

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको टिप्पणी गरेका छन् ।

    सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।



    वर्तमान सरकारले सुरुमै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको पनि नेता ज्ञवालीको आरोप थियो ।



    उनले वर्तमान गठबन्धन सरकार बन्दैगर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि ुकम्फर्टेबलु बन्नेगरी अगाडि बढेको आरोप लगाए ।

    ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु ‘कम्फर्टेबल’ बन्ने किसिमले गरेको पनि बताए । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिका कारण नेपालको परराष्ट्र सम्बन्धमा विचलन आएको पनि उनको भनाइ थियो ।

    उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुसी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको पनि आरोप लगाए ।

    एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्यााउने काम गर्नु उचित नभएको उनको भनाइ थियो । यस्तै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक रुपमा लिखित जानकारी दिनका लागि पनि ज्ञवालीले माग गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार