Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदीप ज्ञवालीलाई कोरोना पुष्टि भएपछि केपी ओली कन्ट्याक्ट ट्रेसिङमा

    प्रदीप ज्ञवालीलाई कोरोना पुष्टि भएपछि केपी ओली कन्ट्याक्ट ट्रेसिङमा

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

    उनले कोरोनाको लक्षणसमेत भएको जानकारी दिंदै आफूसँग सम्पर्कमा आएको र कोरोनासम्बन्धी लक्षण देखिएको भए परीक्षण गराउन आग्रहसमेत गरेका छन् ।



    उनले ट्वीटरमा भनेका छन्–‘केही लक्षणसहित कोरोनाबाट संक्रमित भएको छु। विगत चार÷पाँच दिनदेखि मसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन आग्रह गर्न चाहन्छु ।’



    महासचिव ज्ञवाली कोरोना संक्रमित भएपछि नेकपा एमाले अधिकांश नेताहरु ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन्। गत मंसिर २५÷२६ गते पार्टीको दोस्रो पूर्ण बैठक बसेको थियो। बैठकमा ज्ञवाली समेत सहभागि थिए । सोही बैठकमा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका हुन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार