Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिएनन् मोदीले, दूतावासको प्रयास असफल

    परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिएनन् मोदीले, दूतावासको प्रयास असफल

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नभेटी फर्कने भएका छन् ।

    प्रधानमन्त्री मोदीले समय नदिएपछि मन्त्री ज्ञवाली स्वदेश फर्कन लागेका छन् ।



    ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयास गरिएपनि मोदीले समय नदिएपछि उनी भेट नगरीकनै फर्कन लागेका हुन् ।



    दिल्लीस्थित नेपाली दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारात आउनु अघिदेखि नै प्रयास गरेको थियो । तर, नेपाली दूतवासको प्रयास असफल भएको छ । मोदीसँग ज्ञवालीको भेट गराउन असफल भएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य अक्क न बक्क् परेको स्रोतको दावी छ ।

    मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्कँदै छन् ।

    मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार