Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोयल ‘रअ’ प्रमुख हाेइन मोदीको दूत बनेर नेपाल आएका हुन् : परराष्ट्रमन्त्री

    गोयल ‘रअ’ प्रमुख हाेइन मोदीको दूत बनेर नेपाल आएका हुन् : परराष्ट्रमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल ‘रअ’ प्रमुखका रूपमा नेपाल आएको नभई प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आएको बताएका छन् ।

    संसदीय समितिमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो जवाफ दिएका हुन् ।



    सांसदहरू पुरानै कुरामा अडेर बसेको व्यंग्य गर्दै उनले भने–‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू । उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’



    रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले गोयलको भ्रमण पारदर्शी नभएको भन्दै प्रश्न उठाएका हुन् ।

    दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको भन्दै ज्ञवालीले यसलाई ठूलो विषय बनाउनु नपर्ने पनि बताए ।

    उनले भने–‘कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्उ । नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र रु त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ।’

    गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले गोयलको भ्रमण र प्रधानमन्त्रीसँगको भेटलाई अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो ।

    गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलालगायतको भ्रमण भएकाले रिजल्ट आएकोतर्फ ज्ञवालीले संकेत गरेका हुन् ।

    त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताए ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले अब नेपाल–भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने पनि जानकारी गराए ।

    उनले भने–‘नेपाल–भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको छ । सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन् । नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ ।’

    भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणको क्रममा सबै विषयमा छलफल गरेको ज्ञवालीको भनाइ थियो ।

    त्यस्तै, चीनका रक्षामन्त्री वेई फेङहेको भ्रमण नियमित भएको मन्त्री ज्ञवालीले बताए । दुवै देशका सेनाबीचको सहकार्यलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

    चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि र लेटर अफ एक्सचेन्जको कार्यान्वयनबारे छलफल भएको ज्ञवालीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार