Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारत- पाकिस्तान तनाब

    आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

    आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई रक्तपातको षड्यन्त्रमा सामेल भएको भारतीय पक्षले आरोप लगाएको छ । भारतीय संचारमाध्यमका अनुसार जब कश्मीरमा कडाइ बढ्यो, तब पाकिस्तानको क्रोध सामने आएको छ ।

    आजतक लेख्छ, ‘अब पाकिस्तानी गुप्तचर एजेन्सी पनि रक्तपातको षड्यन्त्रमा सामेल भएको छ।  पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको छ। त्यो पनि आतंकवादी संगठनहरुसंग मिलेर। जम्मू कश्मीरमा आतंकवादीहरुको मार्गमा  बाधा बनेका मानिसहरुलाई हटाउनका लागि लक्षित हत्याको एक योजना बनाईएको छ। ‘



    यो जानकारी भारतीय गुप्तचर एजेन्सीको स्रोतहरु बाट प्राप्त भएको छ। खुफिया स्रोत अनुसार, सेप्टेम्बर २१ मा मुजफ्फराबाद, पीओकेमा एक गोप्य बैठक भएको थियो। यस बैठकमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरु र धेरै आतंकवादी संगठनका नेताहरु सहभागी भएका थिए।



    पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले आतंकवादी संगठनहरुसंग मिलेर भारतलाई आतंकित पार्ने षडयन्त्र तयार पारेको भारतीय गुप्तचर एजेन्सीहरुले आरोप लगाएका हुन। गुप्तचर स्रोतका अनुसार अनुसार आतंकवादीहरुको हिट सूचीमा दुई सय जना छन्। ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार