Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईएसआईले काबुलमा ४२ देशका गुप्तचर एजेन्सीलाई जितेको दाबी, इमरान खान र सेना प्रमुखबीच मतभेद

    आईएसआईले काबुलमा ४२ देशका गुप्तचर एजेन्सीलाई जितेको दाबी, इमरान खान र सेना प्रमुखबीच मतभेद

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 3.5K
    SHARES

    एजेन्सी। पाकिस्तानका गृहमन्त्री शेख रशिद अहमदले  पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले अफगानिस्तानमा ४२ देशका एजेन्सीहरुलाई पराजित गरेको दाबी गरेका छन्।

    अखबार एक्सप्रेसका अनुसार गृहमन्त्रीले एक निजी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पाकिस्तानी सेना एक महान संस्था रहेको वताए।



    उनले भने , ‘सेनाले आफ्नै तरिकाले काम गर्दछ र नयाँ आईएसआई प्रमुखको घोषणा अर्को सात दिनमा हुनेछ। प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जावेद बाजवासँग विस्तृत कुराकानी गरेका छन् र मेरो जानकारीमा सबै मामिलामा निर्णय भइसकेको छ। अर्को शुक्रवारसम्म सबै ठीक हुनेछ।’



    पाकिस्तानी गृहमन्त्रीले  इमरान खानले आईएसआईको अर्को प्रमुख को हुनेछ भन्ने निर्णय गर्नेवताए। यो इमरान खानको काम होइन तर उनले जे निर्णय लिन्छन्, आईएसआई प्रमुख खानसँगै उभिन्छन्।

    उनले भने, ‘इमरान खानले आईएसआई प्रमुखको मामलामा संसदीय समितिलाई विश्वासमा लिएका छन्। उनले देश र पार्टी दुवैलाई विश्वासमा लिएका छन्।’

    वास्तवमा,  आईएसआई प्रमुखको नियुक्तिबारे  प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बाजवाबीच मतभेद रहेको रिपोर्टहरु आएका छन्। ।

    सेनाको जनसम्पर्क विभागले केही दिन अघि एक सूचना जारी गरी लेफ्टिनेन्ट जनरल नदीम अंजुमलाई नयाँ आईएसआई प्रमुख बनाएको र वर्तमान आईएसआई प्रमुख जनरल फैज हमीदलाई पेशावर कोर कमाण्डरको रूपमा नियुक्त गरिएको वताएको थियो।

    सेनाले सूचना जारी गरेपनि सरकारले यी नियुक्तिहरुका लागि कुनै अधि सूचना जारी गरेन।  आईएसआई प्रमुखको पदबारे  सरकार र सेना बीच मतभेद छ।

    अब सबै जना पर्खिरहेका छन्   जनरल फैज हमीद नयाँ आईएसआई प्रमुख बन्ने छन् । बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार