Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाकिस्तानका विदेशमन्त्री र गुप्तचर प्रमुख अचानक काबुल पुगेपछि हलचल

    पाकिस्तानका विदेशमन्त्री र गुप्तचर प्रमुख अचानक काबुल पुगेपछि हलचल

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी बिहीबार अचानक अफगानिस्तान पुगेका छन्। पाकिस्तानी विदेशमन्त्रीसँग गुप्तचर एजेन्सी आईएसआई प्रमुख फैज हमीद सहित एक उच्चस्तरीय प्रतिनिधिमण्डल संलग्न थियो।

    यो भ्रमण, जो ‘मस्को फर्मेट’को बैठकको बीचमा भयो, धेरै महत्वपूर्ण मानिएको छ । एकातिर तालिबानका नेताहरु मस्को पुगेका छन् भने अर्कोतिर उनीहरुसँग भारत, पाकिस्तान, ईरान र रुसका साथ वार्ता चलिरहेको छ। अर्कोतर्फ, बिहीबार अचानक पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशी र आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद काबुल पुगे। पाकिस्तानी विदेश मन्त्री र आईएसआई प्रमुखको यो यात्रा  सार्वजनिक भएको थिएन।



    धेरै राजनीतिक विश्लेषकहरुले यसलाई एक आश्चर्यको रूपमा लिएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी अफगानिस्तान पुग्दा स्वागत गरियो।



    अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दले कुरैशी र उनीहरुका साथ उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वागत गरे । विदेशमन्त्री कुरैशीले अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दलाई भेटे।

    अगस्तमा अफगानिस्तानमा तालिवानले सत्ता हात पारेपछि यो पाकिस्तानी विदेश मन्त्रीको काबुलको पहिलो भ्रमण हो।

    कुरैशीले अखन्दसँगको भेटमा भने, ‘पाकिस्तान अफगानिस्तानका भाइहरुलाई मानवीय आधारमा सहयोग गर्न प्रतिबद्ध छ। पाकिस्तान अफगानिस्तानसँग द्विपक्षीय व्यापार बढाउन चाहन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार