Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालप्रति लक्षित गर्दै ओलीले भने–पार्टी खोस्ने कल्पना नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोही पार्टी खोस्न आएको हो भने त्यो सम्भव नहुने भन्दै चेतावनी दिएका छन् ।

प्रचण्ड र माधव नेपालका कारण नेकपाको विभाजन भएको आरोप लगाउँदै अध्यक्ष ओलीले पार्टीको एकता जोगाउन आफू अझै पनि लचिलो रुपमा प्रस्तुत भइरहेको दावी गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले भने–‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउन म रातोदिन, अहोरात्र खटेको छु । हामी जिम्मेवार र अनुशासित भएकाले हामी यो पार्टी एकता कायम गर्न प्रयास गर्छौं ।

बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने–‘प्रचण्ड र माधव कमरेडहरुको आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण हाम्रो पार्टी पुनः विभाजित भयो । विभाजित नभएको भए पनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो, मलाई साधारण सदस्य बाट समेत हटाउने दुस्साहस गर्ने ।’

प्रधानमन्त्री ओलीले पार्टीमा असन्तुष्ट पक्षहरू रहँदासम्म पार्टी अघि बढ्न नसक्ने संकेत गर्दै बैठकमा भने–‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो । दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077