Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रियसभामा एमालेको उम्मेदवार रामबहादुर थापा नै हो : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका माओवादी नेताहरूलाई आगामी उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाउने उद्घोष गरेका छन्।

आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने समेत बताए । ‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं । राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ओलीले भने ।

​राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोही बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077