Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीको अध्यक्षतामा बसेको बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले ११ बुँदे  प्रस्ताव पारित गरेको छ ।

बैठकले स्वास्थ्यका मापदण्डहरु पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यो बैठक कोरोनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना महामारी नियन्त्रणमा थप कदम चाल्न, खोपको सुनिश्चितताका लागि थप कूटनीतिक पहल गर्न र महामारीबाट अर्थतन्त्र र जनजीविका प्रभावित हुन नदिनका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।’

बैठकले निकट भविष्यमा हुने सबै तहका उपनिर्वाचनहरुको तयारीमा सम्पूर्ण रुपले केन्द्रित हुन सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ।  बैठकले हालका लागि १९ सदस्यीय स्थायी कमिटी गठन गरेको र महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077