Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन बैदेशिक रोजगारबाट फर्केका श्रीमानलाई विष खुवाएर हत्या गर्ने युवती, परिन प्रहरी फन्दामा

काठमाडौं। आफ्नै श्रीमानलाई विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्।

३२ वर्षीय विष्णु थापा मगरको विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ डेरा गरी बस्ने धादिङ साविक मुलपानी गाविस-२ घर भएकी २९ वर्षीय पार्वती थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बैदेशिक रोजगारबाट फर्केका बिष्णुले आफ्नै श्रीमती पार्वतीले पकाएको खाना खाँदा उकुस मुकुस भई अफ्ठ्यारो भएपश्चात तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा मृतक बिष्णुको भिषेरा, घटनास्थलबाट उठाईएको खाना परीक्षण गर्दा उक्त खानामा किटनाषक बिषादी फेला परेको थियो ।
उक्त कार्यमा उनकै श्रीमती पार्वती संलग्न रहेको  खुलेपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पार्वतीलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077