Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदीप पौडेल भन्छन् -ओली पूर्ण रुपमा असफल भइसके, अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न हुँदैन

    प्रदीप पौडेल भन्छन् -ओली पूर्ण रुपमा असफल भइसके, अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 2.1K
    SHARES

    बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन्।

    नेता पौडेलले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताए ।



    लुम्बिनी प्रदेश कार्यलयले बुटवलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले ओलीलाई ‘श्री ३ जंगबहादुर’ बन्न खोजेको आरोप पनि लगाए ।



    ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरु समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेहरुलाई मात्र खुसी पारेको भन्दै पौडेलले भने,  ओलीमा अहंकार, दम्भ बढेको हुँदा उनको विकल्प नखोजे मुलुकमा अस्थिरताबढ्छ। नेता पौडेलले ओलीले मुलुकको संरचनाहरु सबै कब्जा गर्न खोजेको आरोप समेत लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार