Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक बालुवाटरमा (एजेण्डासहित)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा १० बजे बोलाईएको बैठक अहिलेसम्म पनि सुरु हुन नसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

आजको बैठकमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ सांसदलाई कारवाही गर्ने तयारी भइरहेको ओली निकट स्रोतले जनाएको  छ । तर, नेपाल पक्षका अधिकांश नेताहरुले स्पष्टीकरण भने बुझाइसकेका  छन् । उनीहरुको स्पष्टिकरण कारवाही योग्य भएको ओली निकट नेताहरुको भनाई छ।

अध्यक्ष ओलीनिकट स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको ओलीनिकट स्रोतले बताएको छ ।

यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समितिको गठन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077