Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गीतकार शिब हमालको ‘झुम्के मायालु’ (भिडियोसहित)

    गीतकार शिब हमालको ‘झुम्के मायालु’ (भिडियोसहित)

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। कोरोना भाइरसका कारण झण्डै डेढ बर्षदेखि सुस्ताएको नेपाली गीत संगीतको बजारले बिस्तारै पुन: लयमा फर्कने संकेत भने देखाएको थियो। तर, पछिल्ला दिनहरुमा कोरोना भाइरसको नयाँ भेरियन्टले महामारीको रुप लिन थालेसँगै पुन: यस क्षेत्रको बजार नअस्ताउला भन्न अभाने सकिन्न।

    गित, संगीत क्षेत्र मात्र नभई अहिले प्राय: सबै क्षेत्र ठप्प भैरहेको बेला गीतकार शिब हमालको लय तथा शब्दमा लोकदोहोरी गीत ‘झुम्के मायालु’ आजबाट बजारमा आएको छ । पछिल्लो समय ब्यापक रुचाइएका गायक बिमल परियार र मिठो आवाजकी धनी गायिका राखी मल्लको आवाजमा बजारमा आएको हो।



    विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडिओले रिलिज भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गीतको भिडिओलाई शिब हमालको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।



    दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईले सम्पादन गरेको उक्त भिडियोमा पछिल्लो समयका चर्चित मोडल मोडल समारिका ढकाल र सुनिल क्षेत्रिको अभिनय रहेको छ।

    भिडियो हेर्नुहोस :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार