Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैकिङ कसूर मुद्दाका फरार व्यक्ति सीआईबीको फन्दामा

काठमाडौं। प्रहरीले बैकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ बेनीघाट रोलाङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय ध्रुव प्रसाद कँडेल रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

गत बर्षको मंसिर १९ गते उच्च अदालत पाटनको  फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी) बाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ध्रुव प्रसादले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीको खाताबाट भुक्तान हुने गरी पीडितलाई १२ लाख ५० हजार रुपैयाँ बराबरको चेक दिएका थिए।

बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेर उनीविरुद्ध उक्त सजाय र जरिवाना हुने फैसलाकार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077