Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीरगन्जको इनर्वा नाका हुँदै नेपाल प्रवेश गरेका ७३ जनामा  कोरोना संक्रमण

वीरगन्ज ।  वीरगन्जको इनर्वा नाका हुँदै नेपाल प्रवेश गरेका ६२ जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको छ। उनीहरुसँगै नेपाल प्रवेश गरेका ११ जना नेपाली नागरिकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जको इनर्वा स्थित शंकराचार्य प्रवेशद्वारमा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट आउनेको स्वास्थ्य चेकजाँच गर्दा ७३ जनामा कोरोना संक्रमण भेटिएको हो।

चैत २३ गतेदेखि वैशाख १२ दिउँसोसम्म भारतबाट आउने हजार ५० जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतमा कोरोनाको दोश्रो लहर सुरु भएपछि वीरगन्जको इनर्वा नाकाको हेल्थ डेस्कमा चैत २३ गतेदेखि एन्जिटजेन प्राविधिबाट कोरोनाको परीक्षण गर्न थालिएको हो।

भारतको भित्री भागबाट आउने भारतीय र शंकास्पद व्याक्तिको मात्रै एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्ने गरिएको वताइएको छ ।

वीरगन्जको इनर्वा नाकामा भने सुरक्षा सतर्कतामा लापरवाही भएको स्थानियहरुको भनाइ छ। भारतको बिहारसँग खुल्ला सीमा जोडिएको वीरगन्जको नाका हुँदै भारतबाट दैनिक हजारौं नागरिकहरु नेपाल प्रवेश गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077