Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी, एक दर्जनभन्दा बढी सेवा संचालनमा रोक !

    काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी, एक दर्जनभन्दा बढी सेवा संचालनमा रोक !

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 3.8K
    SHARES

    काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

    यसैबीच पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि निषेधाज्ञा  लगाउने तयारी गरिएको छ । आज बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीयो)बीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।



    काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवासंचालनमा रोक लगाइने विषयमा छलफल भएको बताए । उनका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ ।



    हिजो बसेको कोभिड -१९ संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा (लकडाउन) लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठक बस्न लागेको हो।

    सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकोसँगै मन्त्रिपरिषदको बैठक पनि आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

    आजको बैठकमा कोभिड संक्रमणको जोखिम बढिरहेका बेला रोकथामका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

    हिजो (आइतबार) उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार