Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीसीएमसी र सीडीओहरुको प्रस्तावमाथि छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै

    सीसीएमसी र सीडीओहरुको प्रस्तावमाथि छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड संक्रमणको जोखिम बढिरहेका बेला रोकथामका लागि सरकारले चाल्ने थप कदमबारे छलफल गर्न आज साँझ पाँच बजेपछि मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

    यसैबीच, पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि उपत्य्कता भित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । आज बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू ९सीडीयो०बीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।



    आज दिउँसो बसेको तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले भीड नियन्त्रणमा भने कडाइ गर्ने भएको छ। तथापि सीडीओहरूको निर्णय गृह मन्त्रालयमा रिपोर्टिङ गरिने र माथिबाट जे आदेश आउँछ, त्यसअनुसार अघि बढ्ने उपत्यका प्रशासनको तयारीसँगै मन्त्रिपरिषदको बैठक बस्न लागेको हो।



    यसअघि हिजो (आइतबार) उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ ।

    त्यस्तै, सीसीएमसीले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार