Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोना संक्रमण रोक्ने उपाय अपनाउन सरकारलाई देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग  माग गरेका छन्। सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने गरी अघि बढ्न सरकारसँग माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संक्रमणको दर तिब्र गतिमा बढेको र स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएकोप्रति सरकारलाई सचेत गराउँदै संक्रमण रोक्ने विषयमा ध्यान दिन भनेका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077