Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पोजेटिभ, सैनिक अस्पताल भर्ना

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

कोरोना संक्रमणको पुष्टि भएपश्चात् मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको अवस्था भने सामान्य नै रहेको र सावधानीका लागि अस्पतालमा भर्ना भएको जिसीले बताए।

जिसीका अनुसार मन्त्रि रायमाझीको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिएका दिए। मन्त्री, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077