Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई ट्रान्जिट बनाएर विदेश जान रोक

काठमाडौँ। अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर हुने यात्रालाई रोक लगाएको छ। नेपालबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइएको विभागले जनाएको छ।

आज विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको हो ।

अध्यागमन विभागका निर्देशक झंकनाथ खनालले वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको बताएका छन् । निर्देशक खनालले विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जाने अनुमति भने साविकबमोजिम नै नियमित रहेको बताएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077