Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैकिङ कसूर मुद्दाका फरार दुई व्यक्ति सीआईबीको फन्दामा

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा काठमाडौं जिल्ला बानेश्वर बस्ने ५० बर्षीय कैलाशप्रसाद श्रेष्ठ र काठमाडौँ कै ३३ बर्षीय नारायण आचार्य रहेका छन्।

पक्राउ परेका श्रेष्ठलाई गत बर्षको फागुन ११ गते उच्च अदालत पाटनको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र तीस लाख जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई सीआईबीबाट खटिएको प्रहरीले काठमाडौं सिनमंगलबाट पक्राउ गरेको हो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्काएर प्रभु बैंकको खाताबाट भुक्तान हुने गरी पीडितलाई ३० रुपैयाँ बराबरको चेक दिएका थिए।

त्यस्तै, अर्का व्यक्ति आचार्यलाई पनि गत बर्षको चैत ३ गते उच्च अदालत पाटनको फैसलाले उक्त मुद्दामा १४ दिन कैद र सत्ताइस लाख जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई सीआईबीबाट खटिएको टोलीले काठमाडौँको गुर्जुधाराबाट पक्राउ गरिएको हो। आचार्यले पनि खातामा पैसा नभएको भन्ने जानी जानी झुक्काएर ग्लोबल आईएमई बैंकबाट पीडित पूर्ण बहादुर तामाङ्गलाई सत्ताइस लाख पचास हजारको छेक दिएका थिए।

पक्राउ परेका दुबै जनाबिरुद्द बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेर उनीविरुद्ध उक्त सजाय र जरिवाना हुने फैसलाकार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077