Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

‘आफ्नै स्वास्थ्यको ख्याल गर्दैनन् यात्रु’

काठमाडौँ। सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि आज बिहानैदेखि धेरै सार्वजनिक यातायात राजधानीबाट बाहिरिएका छन् । तर, यी सवारीमा पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी सोमबारदेखि नै आइतबारको भन्दा बढी यात्रु उपत्यका बाहिर गएको तथ्याङ्क प्राप्त भएको बताउछन् ।

उपत्यका बाहिर लामो रुटमा चल्ने प्राय: सार्वजनिक यातयातले सिट क्षमताभन्दा बढी यात्रु चढाउँदैनन् । उपत्यकासँग जोडिएका जिल्लामा भने अलि बढी नै यात्रु हालेर लगेका छन् । केही यात्रुले भने आफ्नो स्वास्थ्यलाई प्रभाव पर्ने भएपनि मास्क नलगाएको देखिएको प्रवक्ता अधिकारीले सुनाए । ट्राफिक प्रहरीको अभिलेख अनुसार आज बिहान पनि उपत्यकाबाट बढी सवारी बाहिरिएका छन् ।

'उपत्यकामै रत्नपार्कबाट दक्षिणकाली रुटमा चल्ने सार्वजनिक यातायातलाई सिट क्षमताभन्दा बढी यात्रु नराखभन्दा बस चालक नै छाडे, सबैको स्वास्थ्यका लागि मापदण्ड पालना गराउन खोज्दा पनि समस्या आउने गरेको छ', उनले भने ।

पटकपटक सचेत गराउँदा पनि सार्वजनिक यातायातमा तोकिएको मापदण्ड पालना नगराउने सार्वजनिक यातायातलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077