Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई जनशक्ति थप्नेदेखि बिदा नदिनेसम्मको निर्देशन

काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको महामारी बढेको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीहरुको उचित र प्रभावकारी उपचार ब्यबस्थापनका लागि सबै अस्पतालहरुलाई सात बुँदे निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपत ब्यबस्थापना ईकाई अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले सचिव स्तरिय निर्णयानुसार भन्दै सबै अस्पतालहरुलाई स्वास्थ्यकर्मीहरुलाई लामो बिदा नदिने, ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने, जनशक्ति आबश्यक भए ६ महिनाका लागि करार सेवामा लिनेलगायत सात बुँदे अनुरोध गरेको हो।

केन्द्रका प्रमुख डा समीरकुमार अधिकारीद्वारा हस्ताक्षर गरिएको अनुरोध पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न समेत आग्रह गरिएको छ।

यस्तो छ स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको सूचना:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077