Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संक्रमणबाट सुरक्षित रहन भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

आज दूतावासले एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणबाट बच्‍न मास्कको उचित प्रयोग गर्न, अत्यावश्‍यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गरेको हो ।

राजदूतावासले कार्यालय समयमा दूताबासबाट कुनै सेवा लिनुपर्ने भएमा वा अन्‍य कुनै विषयमा सूचना तथा जानकारी, सल्लाह, सुझाव, का लागि मा इमेल गर्न र फोन गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077