Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका ३ नेतामा कोरोना पुष्टि भएपछि बालुवाटारमा खैलाबैला !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका ३ जना नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराई रहेका छन्।

उनीहरु मध्ये रायमाझी एमालेको स्थायी समिति सदस्य एवं ऊर्जा तथा सिंचाइमन्त्री, रिजाल केन्द्रीय सदस्य र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।

गत सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका रिजाल र भट्टराईमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । उनीहरुलाई संक्रमण भएपछि उक्त बैठकमा उपस्थित भएका सम्पूर्णमा संक्रमण देखिन सक्ने भन्दै खैलाबैला भएको हो।

सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका रायमाझी र भट्टराको सोही दिन साँझ रिपोर्ट पोजेटिभ आएको थियो । उक्त रिपोर्टका अनुसार मन्त्री रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको उनीहरुले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077