Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर अस्पतालको कोभिड भ्याक्सिनमा अनियमितता

काठमाडौं । कोरोनाविरुद्ध भ्याक्सिन लगाउँदा वीर अस्पताल खोप केन्द्रमा अनियमितता हुने तथ्य सार्वजनिक भएको छ । भ्याक्सिनेटर अहेव युवराज सुवेदी र नवराज श्रेष्ठले उमेर समूह नमिल्ने र आफूनिकटलाई फोन गरी गरी बोलाएर कोभिसिल्डको पहिलो खोप दिएर अनियमितता गरेको वीरकै कर्मचारीहरुको आरोप छ ।
त्यसो त उनीहरुमाथि नेपाली नागरिकलाई निःशुल्क लगाउन दिएको खोप भारतीय नागरिकलाई ३० हजार रुपैयाँसम्म लिएर लगाइदिने गरेको आरोप पनि वीरका कर्मचारीहरुले नै लगाएका छन्

सुवेदीले कलेजका संचालकहरु, भारतीय ब्यापारी तथा फाइनान्सका कर्मचारीलाई कोभिसिल्ड दोस्रो खोप पहिलो डोज भन्दै सयौंको सख्यामा दिएका छन् । गत हप्ता दिइएको चाइनीज भेरोसेल पनि भारतीय नागरिकलाई प्रतिब्यक्ति २० देखि ३० हजार रुपैयाँ दिएर एक सय भन्दा बढिलाई खोप लगाइदिएको अस्पताल स्रोतको दावी छ ।

धनाड्य भारतीयहरू चाइनीज खोप लगाउन हवाईजहाजै चढेर काठमाडौमा आएको समाचार त यसअघि नै भाइरल बनेको थियो । सुवेदी यस अघि पनि विवादमा तानिएका कर्मचारी हुन् ।

उनले यसअघि वीरमै समायोजन हुन नक्कली बिरामी भएको प्रमाण पेस गरेको भन्दै समाचार प्रकाशित भएको थियो । स्वास्थ्य कर्मचारी समायोजनको समयमा वीरमै समायोजन हुन उनले आफू जटिल विरामी भएको भनी वीर अस्पताल मेडिकल बोर्डबाट सिफारिस गराएका थिए । उनले ढाडको समस्या भएको सिफारिस बनाई स्वास्थ्य मन्त्रालयमा पेश गरेका थिए ।

उनी कोभिड फोकल पर्सन डा. अच्चुतराज कार्की निकट भएकाले पनि उनलाई अनियमितता गर्न छुट भएको वीरका कर्मचारीको आरोप छ । त्यसो त उनीमाथि भत्ता र खाजाको विषयलाई लिएर पनि खोपमा खट्ने कर्मचारीहरुले नै आवाज उठाएका छन् ।

सुवेदीले पेस गरेको मेडिकल बोर्डको सिफारिस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077