Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : हैदरबाद अंक तालिकाको पुछारमा

एजेन्सी । चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । भने सनराइजर्स हैदरावादले छ खेल खेल्दा पाँचमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेको छ।

बुधबार राति दिल्लीको मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए ।

हैदरावादका राशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

हैदरावादका लागि मनिस पाण्डेले ६१ रन र कप्तान डेभिड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए ।

जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । चेन्नईको यो पाँचौ जित हो ।




हैदरावादको यो पाँचौ हार हो । पुछारको हैदरावादले ६ खेलमा २ अंक जोडेको छ ।

 





प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077