Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वीर अस्पतालमा बाबुराम भट्टराईको शल्यक्रिया हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । उनको वीर अस्पतालमा शल्यक्रिया हुन लागेको हो।

शल्यक्रियाका लागि पूर्वप्रधानमन्त्री भट्टराई आजै अस्पताल भर्ना हुनेछन् भने  शल्यक्रिया भोलि हुनेछ । अस्पतालका डा. सुबोध अधिकारीको नेतृत्वमा उनको शल्यक्रिया हुन लागेको हो।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्किएका अध्यक्ष भट्टराई चिकित्सकको सुझावअनुसार नै अहिले नेपालकै सरकारी अस्पताल वीरमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् । शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077