Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउदीबाट काठमाडौं आएको जहाजमा कोरोना संक्रमित फेला, २२ जना सीधै आइसोलेशनमा

काठमाडौं । साउदी अरबियाबाट हिमालयन एयरलाइन्सको जहाज चढेर काठमाडौं आएका एक यात्रुमा कोरोना संक्रमण पुष्टि भएको छ। विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको विमानस्थलले जनाएको छ।

आज दिउँसो १२:४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेका थिए। एक यात्रीमा कोरोना संक्रमण देखिएपछि उनी बसेको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको विमानस्थल स्रोतले बताएको छ।

पछिल्लो समय सरकारले कोरोना भाइरसको महामारी फैलिएसँगै काठमाडौँ उपत्यकालगायत १५ जिल्लाहरुमा आजदेखि निषेधाज्ञा लागू गरेको छ। जसमा सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छन् भने आन्तरिक र बाह्या उडान भने चलिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077