Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच दल दर्ता, एमालेको सुर्य चिन्ह १ नम्बरमा

    राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच दल दर्ता, एमालेको सुर्य चिन्ह १ नम्बरमा

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन्। उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उपनिर्वाचनका लागि क्रमश: ठुलो दलहरु एमालेलाई सूर्य, काँग्रेसलाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकार भित्र हँसिया हथौडा, राप्रपालाई हलो चिह्न र तथा नेमकिपालाई मादल चिह्न मतपत्रमा समावेश गरिने भएको छ ।



    आगामी जेठ ६ गते बिहीबार हुने प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।



    त्यस्तै उपनिर्वाचनका लागि ३४८ मतदाता कायम भएका छन्, उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार