Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गायक प्रकाश सपुतलाई पनि कोरोना पोजेटिभ

काठमाडौँ। गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान काठमाडौँ मेडिकल कलेजका अनुसार उनको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो।

गायक सपूतले आफुलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमार्फत् उक्त कुराको जानकारी गराउदै उनीसँग सम्पर्कमा आएका सबैलाई पीसीआर टेस्ष्ट गर्न आग्रह गरेका छन्। सपुतका अनुसार उनलाई एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि पीसीआर टेस्ट गरेको बताएका छन् ।

अहिले उनी होम आईशुलेशनमा रहेको र अवस्था सामान्य भएको जानकारी गराएका छन् । उनले फेसबुकमा कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ भन्दै भनेका छन्, 'किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आसा राखौ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जिवनको पुरानै लयमा फर्किने छौ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077