Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयको चेतावनी : अस्पतालमा बेड छैनन्, आफैँ सचेत बनौँ

काठमाडौं। नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लह फैलिएसँगै देशभरका कोरोना बिशेष अस्पतालमा बिरामीहरुको चाप ह्वात्तै बढेको छ भने अस्पतालमा बिरामीहरुको लागि बेड अपुग भएको छ।

यसैबीच, देशका जनताको स्वास्थ्यको जिम्मेवारी लिने मुख्य निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको जनाएको छ ।

मन्त्रालयले आज सर्वसाधारणका नाममा अपील जारी गर्दै भनेको छ, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न र अस्पतालको बेड उपलब्ध गराउन नसकिने भइसकेको छ' ।

मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमणका कारण अत्याधिक प्रभावितजिल्लाको संख्या १४ बाट बढेर २२ पुगेको उल्लेख छ। अति प्रभावित जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेकाले संवेदनशील बन्न समेत अपील गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077